शनिबार डा. केसीको पक्षमा यसरी भएको थियो प्रर्दशन (भिडियोसहित)

शनिबार डा. केसीको पक्षमा यसरी भएको थियो प्रर्दशन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघर मण्डलामा शनिबार प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औँ पटक अनसन बसेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै शनिबार प्रदर्शन गरिएको हो । बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भएको र शनिबार अबेर ८ बुँदे सहमति पनि भएको छ ।

वार्तालाई असफल बनाएर सरकारले डा. केसीको जीवन नै समाप्त पार्ने नियत राखेको केसी समर्थकहरुको आरोप छ । प्रदर्शनमा सहभागी वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा रोकिएको बताए । प्रधानमन्त्री र मन्त्रीको निर्देशनले वार्ता रोकिनुको कारण डा. केसीको जीवनमा जुनसुकै घटना भएपनि आफूहरुलाई सरोकार नै छैन भन्ने नकारात्मक सोचाई भएको उनको भनाइ छ ।

डा.केसीसँगको सहमति पछि तय गरिएका सबै आन्दोलनका कार्यक्रम आजैदेखि रोकिएका छन् । भिडियो :

Logo