काठमाडौं ।
देशका अधिकांश भूभागमा अहिले आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा एक, दुई स्थानहरुमा हल्का वर्षा पनि हुने सम्भावना छ।
हाल बंगालको खाडीको पूर्वी मध्य भागमा न्युन चापीय क्षेत्र रहेको र उक्त निम्न चापिय क्षेत्र पश्चिम उत्तर , पश्चिम दिशातर्फ सर्दै जाने देखिएको छ।
विभागले जनाए अनुसार आइतबार दिउसो प्रदेश नं. १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
देशको पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। यस्तै सोमबार देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।































प्रतिक्रिया