मध्यरातमा सरकार र डा केसीबीच ८ बुँदे सहमति, आज अनशन तोड्ने (सहमतिपत्र सहित)

मध्यरातमा सरकार र डा केसीबीच ८ बुँदे सहमति, आज अनशन तोड्ने (सहमतिपत्र सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै विगत २८ दिन देखि अनशनरत प्राडा गोविन्द केसी र सरकारबीच गए राति ८ बुँदे सहमति भएको छ ।

सहमति अनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्ने भएका छन् ।

बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेका थिए । त्यस लगत्तै बिहीबार र शुक्रबार भएको दुई टोलीबीचको वार्ता सकारात्मक भएको भनिए पनि सफल भने भएको थिएन । शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि उनीहरुबीच सहमति जुटेको हो ।

डा. केसीले ६ बुँदे माग राख्दै भदौ २९ गतेदेखि जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो । हाल उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।

 

 

Logo