पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण

पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमा आज स्टाटस लेख्दै उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तक रहन पनि अनुरोध गरेका छन् ।
उनले लेखेका छन् ,

गत सोमबार कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भर्खरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?

Logo