मन्त्री ज्ञवालीद्वारा रसुवाका दुई विद्युतगृहको निरीक्षण

मन्त्री ज्ञवालीद्वारा रसुवाका दुई विद्युतगृहको निरीक्षण

केन्द्रबिन्दु
0
Shares

रसुवा ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई विद्युतगृहको आज स्थलगत निरीक्षण गरेका छन् । रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विद्युतगृहको अवलोकन गरेका हुन् ।

वि.सं. २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशूली १ विद्युतगृहको अवलोकन गर्दै उत्पादनका बारेमा नेपाल सरकारका प्रवक्ताले जानकारी लिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।

उनले यसै गरी गल्छी– रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने स्याफ्रुबेँसी, मैलुङ र वेत्रावती खण्डमा पर्ने मार्गको समेत स्थलगत निरीक्षण गरेका थिए ।

भारी वर्षाका कारण अवरूद्व स्याफ्रु–मैलुङखण्डको राजमार्ग मङ्गलबार साँझदेखि सञ्चालनमा आएपछि नदी किनारबाट रसुवागढी जान सहज भएको सुरक्षा निकायले बताएको छ । दुई दिनको रसुवा भ्रमणपछि मन्त्री ज्ञवाली राजधानी प्रस्थान गरेका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।रासस

Logo