गुण्डा नाइके ‘राधे’ फेरि पक्राउ, जनप्रतिनिधिलाई धम्की, अर्काको नाममा ठेक्का पारेर ‘विजनेश’

गुण्डा नाइके ‘राधे’ फेरि पक्राउ, जनप्रतिनिधिलाई धम्की, अर्काको नाममा ठेक्का पारेर ‘विजनेश’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ फेरि पक्राउ परेका छन् । भण्डारीलाई प्रहरीले हिजो (बिहीबार) धादिङबेशीबाट पक्राउ गरेका हुन् ।

सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।

सिद्धलेक गाउँपालिकामा क्रसर उद्योग सञ्चालन गर्दै आएका उनले बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि अवैध तरिकाले बालुवा निकाल्दै आएका थिए । राधे पक्राउ परेसंगै उनको क्रसर उद्योग पनि बन्द गराएको छ । उनीमाथि अर्काको नाममा ठेक्का पारेर सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएको आरोप छ ।

नेपाली काँग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका भण्डारी यसअघि गत वर्ष जेठमा पनि पक्राउ परेका थिए । खुँडा र चक्कु देखाउँदै स्थानीय बासिन्दालाई कुटपिट गरिरहेका बेला राधेसहित पाँच जना त्यसबेला पक्राउ परेका थिए।

राधे नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन्। राधे खोलानालाबाट अबैध असुली, चन्दा, धम्की, कुटपिट लगायत गतिविधिमा संलग्न छन्।

गुण्डा नाइके चरी भीमढुंगामा प्रहरीको इन्काउन्टरमा मारिएपछि धादिङको गुण्डागर्दीमा राधे समूहले पकड राख्दै आएको बुझिएको छ।

Logo