सरकारले राष्ट्रिय सामाजिक जागरण अभियान सञ्चालन गर्ने

सरकारले राष्ट्रिय सामाजिक जागरण अभियान सञ्चालन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कार लगायत अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

विहिबार आयोजित ‘कोभिड–१९ निर्देशक समिति’ को भर्चुअल बैठकमा उनले पाँच वर्षीयासमेत बलात्कृत हुने गरेको घटनाले लज्जाबोध गराएको जनाउँदै त्यस्ता जघन्य घटना हुनै नदिन जागरण अभियान सञ्चालन गरिने जानकारी दिए ।

बैठकमा महिला मन्त्रालयका सचिव यामकुमारी खतिवडाले हरेक स्थानीय तहमा ‘लैगिक हिंसा निवारण कोष’ स्थापना गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएकी थिइन्।

Logo