प्रधानमन्त्री सचिवालयका तीन सदस्य कोरोना संक्रमण मुक्त

प्रधानमन्त्री सचिवालयका तीन सदस्य कोरोना संक्रमण मुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा रहेका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत आफू कोरोना मुक्त भएको सार्वजनिक गरेका छन्। उनीहरु सबैलाई गतहप्ता कोरोना संक्रमण भएको थियो ।गोरखापत्रबाट

Skip This
Skip This
Logo