काठमाडौं ।
प्रा डा गोविन्द केसीका मागको सम्बन्धमा थप गृहकार्य आवश्यक भएको भन्दै सरकारी पक्ष र डा. केसीका प्रतिनिधिबीच विहिबार भएको वार्ता विना निष्कर्ष रोकिएको छ।
बिहान साढे १० बजे सुरु भएर दिउसो ३ बजेपछि डेढ घण्टा रोकिएको बैठक साँझ ५ बजे पुनः सुरु भएको थियो । वार्ता थप गृहकार्य आवश्यक भएको भन्दै राति पौने ९ बजे रोकिएको थियो।
‘डा। केसी र सरकारी टोलीबीचको वार्ता जारी नै छ’, डा. केसीका सहयोगी प्रितम सुवेदीले भने, ‘थप गृहकार्य गर्नु पर्ने भएपछि दुबै टोली आन्तरिक छलफलमा हुनु हुन्छ।’
सुवेदीका अनुसार थप गृहकार्यपछि शुक्रबार बिहानै वार्ता हुनेछ। केसी अनशन बसेको २४ दिनमा वार्ता टोली गठन गरेर २५ औं दिनमा सरकारले औपचारिक वार्ता सुरु गरेको हो।
बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन्।
केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो । डा. केसी वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा. लोचन कार्की र ओमप्रकाश अर्याल सदस्य छन्।
भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।अन्नपूर्णबाट































प्रतिक्रिया