‘दशैंमा घर नजानु’-सरकार

‘दशैंमा घर नजानु’-सरकार

केन्द्रबिन्दु
0
Shares

दशैंमा घर नजान सरकारले आग्रह गरेको छ । असोज १७ गते बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले दशैंमा काठमाडौं उपत्यकाबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेका हुन् ।

प्रवक्ता ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपालि काठमाडौंबाट गाउँ नजान आग्रह गरेको स्पाष्ट पारे। उनले गाउँ जाने आउने गर्दा संक्रमण झन फैलिने भन्दै नजान आग्रह गरेको बताए ।

त्यस्तै उनले काठमाडौंबाट गाउँ गएर  आशिर्वाद लिँदा बुवाआमा, हजुरबुवा हजुरआमा, काकाकाकीलाई जोखिममा पर्न सक्ने बताएका छन् । हामी स्वस्थ रहे चाडवाड अर्को वर्ष पनि मनाउन पाइने भन्दै उनले अहिले स्वास्थ्य रहन र चहल पहल नगर्न आग्रह गरे ।

Logo