काठमाडौं ।
विदेशमा पढ्न जाने विद्यार्थीका लागि आवश्यक पर्ने अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या हवात्तै बढेको छ । पहिलो लकडाउनमा बन्द भए पछि नो अब्जेक्सन लेटर लिन नपाएका विद्यार्थी लकडाउन खुला भए पछि धेरै मात्रामा कार्यालय आउन थालेको शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका रामेश्वर राईले जानकारी दिए ।
बन्द खुले पछि सम्हाल्न नसकिने गरि विद्यार्थीहरु आउन थालेको उनले जानकारी दिए। सवैभन्दा धेरै आइतबार र सोमबार बढी विद्यार्थीको चाप देखिएको बताए । खास गरि भारतमा पढ्न जाने विद्यार्थीको इन्ट्रान्स म्याद सकिन लागेकोले उनीहरूलाई प्राथमिकतामा राखेर नो अब्जेक्सन लेटर दिएको राईले बताए।

देशै भरीबाट आवेदन दिनेको संख्या बढी र अनलाइनको सिष्टममा समस्या आए पछि सोमबार पुरानै तरिकाले काम गरेको उनले बताए। जापानको लागि दुई हजार भन्दा बढी विद्यार्थीले अनलाइनबाट आवेदन दिएर बसेका छन् । अष्टेलिया, यूके, कोरिया लगायतका देशका लागि विद्यार्थीले बढी आवेदन दिएको उनको भनाई छ ।
एकै पटक धेरैजनाको आवेदन आउनेक्रम बढेको र कार्यालयको अनलाइनको सिष्टमले पनि राम्रो काम नगरेकोले भीडभाड बढन गएको उनले बताए । भोलि पनि अनलाइनले काम नगरे पुरानै तरिकाले काम गर्ने उनको भनाई छ । लकडाउन खुले सँगै र अन्तर्राष्ट्रिय उडान सुचारु भए संगै विदेश जानेको संख्या बढ्न थालेको छ । अध्ययनको लागि बाहिर जान नपाएका विद्यार्थीहरु अध्ययनको लागि जान सुरु गरेका छन् ।गोरखापत्रबाट





























प्रतिक्रिया