लिपुलेक र तिंकर जोड्न सेनाले बनायो गोरेटो बाटो

लिपुलेक र तिंकर जोड्न सेनाले बनायो गोरेटो बाटो

केन्द्रबिन्दु
0
Shares

दार्चुला ।

जिल्लाको व्यास गाउँपालिका २ स्थित घाँटीबगर गोरेटो बाटोको निर्माण कार्य सकिएको छ। उक्त गोरेटो बाटोको सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् । उक्त बाटो उद्घाटनका लागी मुख्यमन्त्री भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्य सचिव रामकृष्ण सुवेदी, सेनाका पृतिना पति निर्मल कुमार थापा, सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेल लगायतको उपस्थितिमा बाटोको उद्घाटन गरेको हो।

घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो बाटो नेपाली सेनाद्वारा निर्माण गरिएको हो। नेपाल सरकारको मन्त्रिपरिषदको वैशाख १४ को निर्णय अनुसार महाकाली करिडोर (दार्चुला–तिंकर सडक योजना) अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत् निर्माण गरिएको थियो । उक्त खण्डको बाटो सम्पन्न भएपछि नेपालीहरुले दार्चुलाको सदरमुकामबाट माथिल्लो क्षेत्रमा जानको लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

बाटो निर्माणमा १ करोड भन्दा बढी खर्च
घोरेटो बाटो निर्माण गर्न एक करोड ८ लाख खर्च भएको छ। घाँटीबगर क्षेत्र दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ । सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार उक्त बाटो हस्तान्तरण गरेका छन्। उक्त बाटो निर्माणको क्रममा एक जना कामदारको मृत्यु भएको थियो।

चार महिनामा निर्माण कार्य सम्पन्न
शौका समुदायलाई गाउँ फर्किन कठिनाई भएपछि सरकारले सो क्षेत्रमा बाटो बनाउने जिम्मेवारी नेपाली सेनालाई जेठ दोस्रो साता सुम्पेको थियो। तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको उक्त बाटो निर्माणको काम वर्षातका कारण केही समय प्रभावित भएको थियो।अन्नपूर्णबाट

Logo