नेपाल स्काउटको सहकार्यमा आजदेखि ट्राफिक स्वयंसेवक परिचालन

नेपाल स्काउटको सहकार्यमा आजदेखि ट्राफिक स्वयंसेवक परिचालन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसाथ ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १०० जना युवाहरुलाई ट्राफिक स्वयंसेवक बनाइ मंगलबारदेखि परिचालन गरिएको हो ।

ट्राफिक व्यवस्थापनमा कमजोर तथा अस्तव्यस्त भएको ठाउँहरुमा स्वयंसेवक परिचालन गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताएका छन् । स्वयंसेवकहरुले पैदल यात्रु तथा सवारी चालकहरुलाई ट्राफिक सम्बन्धी जनचेतना फैलाउने भएकाले ट्राफिक व्यवस्थापनमा सहजता आउने उनले विश्वास व्यक्त गरेका छन् । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा परिचालन बढाउँदै लगिने उनको भनाइ छ ।

नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले स्वयंसेवकहरुले नागरिकलाई सहि तरिकाले सहि ठाउँबाट बाटो काट्न सिकाउने बताए । ट्राफिकले प्रवाह गर्ने जनचेतनामुलक सन्देशहरु प्रवाहमा स्काउटले सहकार्य गरेको पनि उनले बताए ।

सडक दुर्घटना तथा विपतबाट बच्न तथा कुनैपनि संकटबाट बचाउन नागरिकलाई जनचेतना अभिवृद्धि गर्न नेपाल स्काउटले सधैँ सहकार्य गर्ने उनको भनाइ छ ।

Logo