शहीद सप्ताह : शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण

शहीद सप्ताह : शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राणा शासनको विरुद्धको संघर्षमा आफ्नो प्राणको आहुती दिने शहीद धर्मभक्त माथेमाको शालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

शहीद सप्ताहको अवसरमा मंगलबार काठमाडौंको सिफलमा रहेको माथेमाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायतले शहीद माथेमा शालिकमा माल्यार्पण गरि श्रद्दाञ्जली व्यक्त गरेका हुन् ।

जहाँनिया राणा शासनको अन्त्य गरि प्रजातन्त्र स्थापनाको निम्ति संर्घषरत माथेमा वि.सं. १९६६ आश्विन ९ गते काठमाडौँको ओमबहालमा जन्मिएका थिए। जनतालाई प्रजातन्त्र दिलाउने उद्देश्यसाथ वि.स. १९९३ साल जेठमा नेपाल प्रजा परिषद् स्थापना गरि प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील उनलाई तत्कालिन श्री ३ जुद्ध शमशेरको हुकुमी शासनबाट वि.सं. १९९७ साल माघ १३ गते सिफलमा झुण्ड्याएर फाँसी दिईएको थियो ।

शहीद माथेमाको सम्झना र सम्मानमा हरेक वर्ष माघ १३ गते उनको शालिकमा माल्र्यापण गरि श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।

Logo