नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, संक्रमितको संख्या ८० हजार नजिक

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, संक्रमितको संख्या ८० हजार नजिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक कोरोना संक्रमित एक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालभर कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ रहेको छ । संक्रमित मध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।  विगत २४ घन्टामा काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना संक्रमित थपिएका हुन्।

Logo