कोरोनाबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु

कोरोनाबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना संक्रमित एक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो।

कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा रविन खड्का अनुसार डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । डा. सापकोटालाई थप उपचारको लागि आज काठमाडौं ल्याउने तयारी भएपनि उनको अस्पतालमै ज्यान गएको हो।

५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।  विगत २४ घन्टामा काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना संक्रमित थपिएका हुन्।

Logo