बागमती प्रदेश सांसद मुनु सिग्देललाई कोरोना पुष्टि

बागमती प्रदेश सांसद मुनु सिग्देललाई कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बागमती प्रदेश सांसद मुनु सिग्देललाई कोरोना संक्रमण देखिएको छ।

असोज ५ गते हेटौंडाबाट काठमाडौ आएकी उनलाई कोरोना पुष्टि भएको हो। सामान्य रुघाखोकी लागेपछि कोरोना परीक्षण गराएकी सिग्देलको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।

आफूलाई संक्रमण पुष्टि भएपछि उनी हाल होम आइसोलेसनमा बसेकी छिन् । नेकपा मकवानपुरकी अध्यक्षसमेत रहेकी सिग्देललाई संक्रमण देखिए पनि परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।

उनी मिस नेपाल २०१८ श्रृंखला खतिवडाकी आमा हुन् ।

Logo