‘सरकारी सम्पदाहरुको संरक्षणमा सरोकारवालाको ध्यान जानु पर्छ’ : मुख्यमन्त्री पौडेल

‘सरकारी सम्पदाहरुको संरक्षणमा सरोकारवालाको ध्यान जानु पर्छ’ : मुख्यमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी सम्पदाहरुको संरक्षणमा सरोकारवाला निकायले विशेष ध्यान दिनु पर्ने बताएका छन् । शनिबार हेटौंडा–१३ स्थित बृन्दावन बनस्पति उद्यानको अनुगमन, निरीक्षणका क्रममा मुख्यमन्त्री पौडेलले राज्यको अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने र महत्वपूर्ण अर्थ राख्ने वनस्पति अध्ययन केन्द्र तथा उद्यानको न्यूनतम प्रयोग समेत हुन नसकेको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले नेपालमा भएका यस्ता अध्ययन केन्द्रहरुले नेपाली वनस्पतिहरुको संरक्षण गर्दै अधिकतम उपभोग गर्न सकिनेबारे योजना बनाउनु पर्ने बताए । उनले प्रदेश सरकारले प्रदेशमा भएका जडिबुटीजन्य वनस्पतिहरुको उपभोग गर्न तथा प्रशोधन गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात गर्न चाहेको उल्लेख गरे । पौडेलले जडिबुटीहरुको संरक्षणमा सङ्घीय सरकारसँग समन्वयमा काम गर्न प्रदेश सरकार तयार रहेको बताए।

अनुगमनका क्रममा प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतले प्रदेशले जडिबुटी खेती तथा प्रशोधन कार्यमा लगानी गरी रोजगारी श्रृजना गर्ने एवं आर्थिक लाभ लिने योजना तयार पारेको बताए।

Logo