वर्षा र हावाहुरीकाे सम्भावना रहेकाे हुँदा सतर्क रहन मौसमविद्‍काे सुझाव

वर्षा र हावाहुरीकाे सम्भावना रहेकाे हुँदा सतर्क रहन मौसमविद्‍काे सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज देशभर समान्य बदली रही विभिन्न स्थानमा पानी पर्न सक्ने सम्भावना रहेकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्युन चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ ।  प्रदेश १ र २ का केही स्थानहरूमा पूर्ण बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ साथै प्रदेश नं १, प्रदेश नं २ का केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । ।

आजराति प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

Logo