भोकले भौतारिएकालाई निःशुल्क तातो भात र न्यानो कपडा

भोकले भौतारिएकालाई निःशुल्क तातो भात र न्यानो कपडा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लकडाउनले एकातिर दैनिक हुने कमाईको बाटो बन्द भएको छ भने अर्कातिर खाद्यान्नको अभाव हुन थालेको छ । यस्तो अवस्थामा धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला काठमाडौंमा भने मिलिजुली फ्याम्लीले हिमालयन बृद्राश्रममा निःशुल्क खाना खुवाउने तथा लत्ताकपडा वितरण अभियान सुरु भएको छ ।

लकडाउनका कारण दैनिक छाक टार्न नसक्नेहरुका लागि निःशुल्क खाना तथा लत्ताकपडाको व्यवस्था मिलाइएको हो।कोही पनि भोको र नाङ्गो नरहोस् भन्ने मान्यता राखेर काठमाडौँका विभिन्न ठाउँमा निःशुल्क खानाको प्रवन्ध गरिएको अभियानकर्मी राजन कँडेल बताउँछन् ।

‘लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने वर्ग, असहाय , वृदाश्रम तथा बिपन्न परिवारको पीडा र समस्यालाई आत्मसात गर्दै निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको हो’, उनले भने ।

भात, दाल र तरकारी लगायतका परिकारसँग पेटभरि निःशुल्क खाना खान पाएपछि दैनिक मजदूरी गरि गुजारा चलाउँदै आएकाहरु पनि दङ्ग भएका छन् । आफ्नो दुःख र पीडामा मलम लगाएकोमा हिमालयन वृद्धाश्रमका बृद्ध बृद्धाहरुले कँडेलको समुहलाई भगवानको दर्जा दिएका छन् । सरकारले गर्न नसकेको काम गरेकोमा आशिर्वाद र धन्यवाद पनि दिएका छन् । यो समुह टिकटकमा निक्कै लोकप्रिय र सक्रिय रहँदै आएको छ।

Skip This
Skip This
Logo