सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १५ जना सक्रिय संक्रमित थपिएपछि कूल सक्रिय संक्रमित ८१७ जना पुगेका छन् । प्रदेशमा पछिल्लो चार दिन यता कोभिड—१९का सक्रिय संक्रमित बढ्दै गएका छन् । प्रदेशको कैलालीमा सबै भन्दा बढी ४३० जना सक्रिय संक्रमित पुगेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा पछिल्लो २४घण्टामा कैलाली,अछाम,डोटी,बैतडी र बझाङ जिल्लाका गरी थप २५जना संक्रमित भएको पुष्टि भएको छ । यो सँगै कूल संक्रमित भने ६ हजार ५५३ जना पुगेका छन् । पछिल्ला दिनमा रोगको रोकथाम उपचार व्यवस्थापन लगाएतका काममा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारी समेत संक्रमित हुन थालेका छन् ।
सेती प्रादेशिक अस्पताल धनगढी,डोटी र डडेलधुरा अस्पतालका प्रयोगशालामा कोभिड—१९ का शङ्कास्पद नमूनाको परीक्षण भइरहेको छ । बैतडी जिल्ला अस्पतालमा समेत बिहीबारवाट प्रयोगशाला सञ्चालनमा आएको छ । हाल सम्म कोरोना संक्रमणवाट कारण कैलालीका सात,बझाङ र बाजुराका दुई/दुई र अछाममा एक जना समेत १२ जनाको मृत्यु भएको छ । कोरोना पोजेटिभ निको भई आजसम्म पाँच हजार ७२४ जना निको भएका छन् ।





























प्रतिक्रिया