मोरङ । विराटनगरमा उपचारकाे क्रममा कोरोना संक्रमित एक वृद्धकाे मृत्यु भएकाे छ ।
विराट शिक्षण अस्पताल, बुढीगंगाको आइसोलेसनमा उपचाररत विराटनगर-१० निलसदनका ६६ वर्षीय कोरोना संक्रमित वृद्धको बिहीबार साँझ मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि वृद्धलाई भदौ ३० गते उपचारका लागि अस्पताल ल्याइएको थियो । प्रदेश १ को राजधानी विराटनगरमा मात्रै हालसम्म २१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।





























प्रतिक्रिया