मृत्यु भइसकेकाकाे पिसिआर नगर्ने निर्णय फिर्ता लिन कांग्रेसकाे माग

मृत्यु भइसकेकाकाे पिसिआर नगर्ने निर्णय फिर्ता लिन कांग्रेसकाे माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत शङ्कास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै आफ्नो परिवारको सदस्यको मृत्यु हुनाको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा भएको बताए ।

परीक्षणबाट मृतकमा संक्रमण पुष्टि भए निकटस्थको परीक्षण गरेर अरूलाई बचाउने सकिने जनाउँदै पार्टीले शङ्कास्पद मृत्युको परीक्षणबाट रिपोर्ट नेगेटिभ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुन सक्ने स्पष्ट गरेको छ ।

Logo