प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न मन्त्रिपरिषद बैठक डाकेका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत भएका कतिपय एजेण्डामा निर्णय गर्न १२ बजे मन्त्रिपरिषद बैठक बोलाइएको बताइएको छ ।
बैठकमा यही असोज ३ गते संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूका लागि घोषणा गरिने विभूषणको नामावली टुंग्याउने तयारी छ ।
यस्तै विभिन्न मुलुकमा रिक्त राजदूत पदपूर्तिको विषयसमेत टुंग्याउने तयारी भएको बुझिएको छ





























प्रतिक्रिया