आज बागमतीसहित चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज बागमतीसहित चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमतीसहित प्रदेश १, मधेश, र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहान प्रदेश १ र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। यस्तै‚ प्रदेश १ मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशको मौसम सामान्यतः सफा रहने जनाइएको छ।

राति प्रदेश १‚ मधेश‚ गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक वा दुई हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Logo