बेलायतले युक्रेनमा अर्को हप्ता दूतावास पुनः सञ्चालन गर्ने

बेलायतले युक्रेनमा अर्को हप्ता दूतावास पुनः सञ्चालन गर्ने

केन्द्रबिन्दु
0
Shares

बेलायतले युक्रेनमा आफ्नो दूतावास पुनः सञ्चालन गर्ने भएको छ । 

रुसले युक्रेनमा आक्रमण गरेपछि बन्द गरिएको दूतावास अर्को हप्तादेखि फेरि सञ्चालनमा ल्याइने भएको हो । युक्रेनको राजधानी किभमा दूतावास पुनः सञ्चालन गर्न गृहकार्य भइरहेको प्रधानमन्त्री बोरिस जोनसनले जानकारी दिएका छन् । 

हाल भारत भ्रमणमा रहेका प्रधानमन्त्री जोनसनले शुक्रबार भारतमा भने, “हामी अति चाडै नै सम्भवत : अर्को हप्ता नै किभमा बेलायतको दुतावास पुन: सञ्चालन गर्ने तयारीमा छौँ ।” उनि दुई दिने भ्रमणका लागि बिहीबार भारत आएका छन् ।

किभमा दूतावास खोल्नका लागि बेलायतबाट कुटनीतिज्ञहरू त्यस तर्फ गइसकेको पनि उनले जानकारी दिए । यसअघि गम्भीर सुरक्षा चुनौती रहेकाले आफूहरू किभमा बस्न नसक्ने भन्दै बेलायती कुटनीतिज्ञहरूले दूतावास नै बन्द गरेर स्वदेश फर्किएका थिए । 

Logo