प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो बंगलादेशकी समकक्षी शेख हसिनासँग युरिया मल सहयोग गरिदिन आग्रह गरेका छन्।
टेलिफोनमा कुराकानीका क्रममा हसिनासँग आफूले नेपालमा तत्काल युरिया मलको आपुर्तिका लागि अनुरोध गरेको प्रधानमन्त्री ओलीले ट्वीटरमा जानकारी दिएका छन्।
‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल-बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो। यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपुर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनु भएको छ,’ ओलीले लेखेका छन्।
मलको आपूर्ति गर्ने ठेक्का पाएका ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज लिमिटेड र होनिको मल्टिपल प्राइभेट लिमिटेडले समयमै मल नल्याएपछि मलको हाहाकार भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले भदौ दोस्रो हप्ताभित्र मल ल्याउनेगरी शैलुङ र होनिको मल्टिपल प्राइभेट लिमिटेडलाई ठेक्का दिएको थियो ।































प्रतिक्रिया