सुन्तला एउटा यस्तो फल हो जुन विश्वभर नै लोकप्रिय छ । यसमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । तर यसको फलमा भन्दा बोक्रामा बढी भिटामिन सी पाइन्छ भन्ने कुरा तपाईलाई सायदै थाहा होला । सामान्यतया सुन्तला खाएपछि मानिसहरुले यसको बोक्रालाई फोहोरको
रुपमा फाल्छन् ।
तर जसरी सुन्तला स्वास्थ्यका लागि फाइदाजनक छ, त्यसैगरी यसको बोक्राको सेवनले हाम्रो स्वास्थ्य राम्रो हुने गर्दछ ।
स्वास्थ्य विज्ञहरुका अनुसार सुन्तलाको बोक्रालाई राम्ररी धोएर सफा गरेर टुक्रा काटेर सुकाउने, पूर्ण सुकेको सुन्तलालाई पिसेर पाउडर बनाउने, त्यसपछि बनाइएको सो पाउडरलाई राम्रो एयर टाइट बट्टा वा सिसामा राख्नुपर्छ । सो पिसिएको पाउडरलाई हरेक दिन एक गिलास मनतातो पानीमा एक चम्चा धुलो मिसाएर खादा हाम्रो शरीरमा धेरै फाइदा पुगेको देख्न सकिन्छ ।
सुन्तला बोक्राका फाइदाहरु :
१. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
सुन्तलामा भिटामिर्न सी’ प्रचुर मात्रामा पाइन्छ । त्यसैगरी यसको बोक्रामा पनि भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ । यसको बोक्राको सेवनले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसका लागि सुन्तलाको बोक्राको चिया पिउनु पर्छ । सुन्तलाको पाउडरलाई हामीले तरकारीमा पनि प्रयोग गर्न सक्छौँ ।
२. छालाको लागि लाभदायक
सुन्तलाको बोक्रा छालामा निखार ल्याउन निकै फाइदाजनक हुन्छ । यसको प्रयोगले छालाको समस्या जस्तै कालो ढब्बा, दाग, अनुहारको घाँउ, पोतो आदि हटाउन सकिन्छ ।
३. तौल घटाउन
यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटमा सुन्तलाको बोक्रा समावेश गर्नुहोस् । यसले तौल घटाउन मद्दत गर्छ । यसका लागि सुन्तलाको बोक्राको चिया बनाएर पिउन सक्नुहुन्छ ।
४.दाँतको लागि
दाँतसँग सम्बन्धित कुनै समस्या छ भने सुन्तलाको बोक्रा प्रयोग गर्नुहोस । यसका लागि पहिले सुन्तलाको बोक्रा सुकाएर पाउडर बनाउनुहोस । त्यसपछि यसको मद्दतले दाँत सफा गर्दा तपाइको दातलाई धेरै राहत दिनेछ ।





























प्रतिक्रिया