आइसक्रिम बच्चादेखी युवतीहरुको मनपर्ने चिज हो ।
फरक फरक स्वादमा पाइने हुँदा यसलाई मानिसहरुले आफ्नो रुची अनुसारको स्वादमा खान्न् । तर आइसक्रिम भनेपछि चिसोमा जम्ने र गर्मीमा पग्लने हुन्छ । तर हालै चीनले एउटा अनौठो आइसक्रिम बनाएको छ । यो आइसक्रिम नपग्लिने आइसक्रिम (मेल्ट प्रुुफ) हो । गर्मी तथा आगोमा राख्दासमेत यो आइसक्रिम पग्लिंदैन ।
आमरुपमा फ्रिज बाहिर निकालेको केही समयमै आइसक्रिम पग्लिन सुरु गर्दछ । तर चीनले यस्तो अजम्बरी आइसक्रिम बनाएको छ जसलाई आगोले पनि पगाल्न सक्दैन । आगोले पनि पगाल्न नसक्ने उक्त आइसक्रिमको नाम Hermes of Ice Cream हो । हर्मेस एक ग्रिक देवताको नाम हो जसलाई प्राचीन ग्रिक संस्कृतिमा संरक्षण देवताको रुपमा मानिन्छ ।
आगोमा पनि नपग्लिने यो आइसक्रिमको मूल्य पनि केही महँगो नै हुनेभयो स्वभाविक रुपमा । यसको मूल्य ६६ चिनिया युआन अर्थात् करिब १४ सय रुपैयाँ पर्ने बताइएको छ । डेलिस्टारको रिपोर्ट अनुसार यो आइसक्रिम निर्माता कम्पनीले यसमा क्याराजिनन गम मिसाएको छ जुन एक सामुद्रिक वनस्पती हो ।
सोही गमका कारण यो आइसक्रिमले आफ्नो आकार लिइरहन्छ । स्मरण रहोस् यसअघि अन्य देशले पनि नपग्लिने आइसक्रिम बनाइसकेका छन् । ग्यास्ट्रोनट नामक कम्पनीले सन् २०१६मा यस्तै नपग्लिने आइसक्रिम बनाएको थियो ।
त्यस्तै जापानले सन् २०१८ मा यस्तै आइसक्रिम बनाएको थियो । त्यसैगरी अस्ट्रेलियाले पनि आइसक्रिम स्याण्डविच बनाएको थियो जुन घण्टौँसम्म बाहिर राख्दासमेत पग्लिंदैनथ्यो ।
एजेन्सी





























प्रतिक्रिया