उत्तर प्रदेशको गोंडा भन्ने ठाँउमा भएको एउटा घटना अहिले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ ।
उत्तर प्रदेशमा केहि समय देखि वर्षा नभएका कारण विचलित भएका एक व्यक्तिले इन्द्रदेव विरुद्ध प्रहरीमा उजुरी हालेका छन् । हाल उनले लेखेको उजुरी पत्र सामाजिक सञ्जालमा पोष्ट भएपछि सो उजुरी पत्र सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । उनको उजुरी पत्रलाई लिएर सामाजिक सञ्जालमा अहिले मानिसहरूले रमाइलो गर्न थालेका छन् ।
खासमा के भएको हो ?
रिपोर्टका अनुसार शनिबार कर्नलगञ्ज तहसीलमा ‘सम्पुर्ण समाधान दिवस २०२२’ आयोजना गरिएको थियो । यसमा कौडिया थाना क्षेत्रको झाला गाउँका सुमित कुमार उजुरी लिएर पुगेका थिए । उनले सुनुवाइ अधिकारीहरुलाई निवेदन दिए । निवेदन देखेपछि पुलिस अधिकारीहरु छक्क परे । वास्तवमा उक्त व्यक्तिले इन्द्र देवता विरुद्ध पानी नपरेको भन्दै उजुरी दिएका थिए ।
उजुरीकर्ताले यस निवेदनमा पानीको अभाव र खडेरीको बारेमा लेखेका छन् । उनले थप लेखेका छन – ‘केही महिनादेखि पानी परेको छैन, जसका कारण जनता त्रसित छन् । वन्यजन्तु र कृषिमा ठूलो असर परिरहेको छ । गर्मीका कारण जनता सास्तीमा छन् । त्यसैले आवश्यक कारबाही गरिदिनुहुन अनुरोध गर्दछु ।’ सुमित कुमारको गुनासो पत्रलाई प्रहरीले कारवाहीका लागि दर्ता गरेपनि अगाडीको प्रक्रियाबारे प्रहरी अधिकारीहरु नै अनभिज्ञ छन ।





























प्रतिक्रिया