हाल सामाजिक सञ्जालमा २६ वर्षीया बेलायती युवतीको प्रेमकथा निकै चर्चित भैरहेको छ ।
उनी चर्चित हुनुको कारण उनको प्रेम अमेरिकी कैदीसँग हुनु नै हो । हालै उनले सामाजिक सञ्जालमा कैदीसँग अङ्गालो हालेको तस्विर पोष्ट गरेपछि उनी र उनको प्रेमी भाइरल भइरहेका छन् । तस्बिरमा उनीहरु एक अर्कालाई चुम्बन गरिरहेको देखिन्छ । दुवैले औपचारिक रूपमा विवाह भने गरेका छैनन्, तर दुवैले एकअर्कालाई श्रीमान/श्रीमतीको रूपमा स्विकार गरेका छन् ।
यसरी सुरु भएको थियो उनीहरु विच प्रेम
बेलायतको एसेक्स निवासी २६ वर्षकी नाओमी वाइज र अमेरिकाको मिशिगन जेलका ३१ वर्षिय कैदी भिक्टर ओक्वेन्डोको भेट ‘पेन पल स्किम’ (मेलबाट एक अर्कालाई चिठी पठाउने) मार्फत भएको हो ।
दुवै दुई वर्ष एक अर्कासँग चिठीका माध्यमबाट सम्पर्कमा थिए । नाओमी आफूलाई ‘जेल पत्नी’ मान्छिन् । उनी सामाजिक सञ्जाल मार्फत आफु भिक्टरसँग धेरै खुसी भएको बताउछिन् ।
भिक्टर दुई जनाको हत्या गरेका कारण जेल परेका हुन् । उनले पाएको सजाय मध्ये १२ वर्ष जेलमा विताइसकेका छन् ।
कहिले हुन्छन् भिक्टर जेलबाट रिहा ?
भिक्टर सन् २०३४ सम्म जेल मुक्त हुने सम्भावना छ । तर उनले गरेको अपराधका कारण उनी सन् २०५२ सम्म जेलमा बस्नुपर्ने पनि हुनसक्छ ।
नाओमीले भिक्टरलाई छिट्टै रिहा गर्नका लागि निवेदन दिएकी छिन । उनलाई रिहा गर्नका लागि अहिलेसम्म २६ हजारभन्दा बढी मानिसहरुले हस्ताक्षर गरिसकेका छन ।





























प्रतिक्रिया