‘गोल्ड डिगर’ शब्द कसरी आयो ? महिलालाई नै किन गोल्ड डिगर भनिन्छ ?

‘गोल्ड डिगर’ शब्द कसरी आयो ? महिलालाई नै किन गोल्ड डिगर भनिन्छ ?

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री सुस्मिता सेन आईपीएलका संस्थापक ललित मोदीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन । मानिसहरुले उनीहरुको सम्बन्धको बारेमा पनि विभिन्न तरिकाले कुरा गरिरहेका छन । 

मानिसहरुले सुस्मितालाई ‘गोल्ड डिगर’ भन्दै ट्रोल गरिरहेका छन् । उनको बारेमा धेरै किसिमका मिम्स पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन । सुस्मिताले पैसाको लागि मात्र ललित मोदीसँग सम्बन्ध बनाएको भन्दै मानिसहरूले सुस्मितालाई ‘गोल्ड डिगर’ भनि ट्रोल गरिरहेका छन् । 
आज हार्मी  गोल्ड डिगर’ शब्द कहाँबाट आयो र यसको वास्तविक अर्थ के हो भनेर हेर्नेछौं । यसका साथै यो शब्द महिलाका लागि मात्र किन प्रयोग गरिन्छ भन्ने पनि थाहा हुनेछ ।
गोल्ड डिगर कसलाई भनिन्छ ?
वास्तवमा, गोल्ड डिगर भन्ने शब्द २० औं शताब्दीमा पहिलो पटक प्रयोग भएको थियो । २० औं शताब्दीको प्रारम्भमा, मानिसहरूले यो शब्द यौनकर्मीहरूको लागि प्रयोग गर्ने गर्थे । त्यो गोल्ड डिगर शब्दको प्रयोग विशेष गरी पैसाको लागि यौन सम्बन्ध राख्ने महिलाहरुका लागि प्रयोग गरिएको थियो । 
गोल्ड डिगर शब्दको अर्थ के हो ?
यदि तपाई गोल्ड डिगर शब्दको अर्थ खोज्दै हुनुहुन्छ भने गोल्डको अर्थ सुन र डिगरको अर्थ खन्नु हुन्छ । यस्तो अवस्थामा यो शब्दको अर्थ सुन खन्नु हो । यद्यपि गोल्ड डिगर शब्द वास्तवमा महिलाहरूका लागि प्रयोग भएको थियो जो पैसाका लागि धनी मानिसहरूसँग सम्बन्ध वा विवाह गरेको पाइएको थियो ।
गोल्ड डिगर शब्द पहिलो पटक सन् १९११ मा प्रकाशित भएको थियो । अमेरिकी उपन्यासकार रेक्स बीचले पहिलो पटक आफ्नो पुस्तक द नेयर–डो–वेलमा गोल्ड डिगर शब्दको प्रयोग गरेका थिए । यसपछि सन् १९१५ मा भर्जिनिया ब्रुक्सले माई ब्याटल्स विथ वाइस भन्ने पुस्तकमा यो शब्द प्रयोग गरिन ।

गोल्ड डिगर शब्दको बारेमा अक्सफोर्ड डिक्सनरी के भन्छ ?

अक्सफोर्ड डिक्सनरीका अनुसार, गोल्ड डिगर शब्द ती महिलाहरुका लागि गरिन्छ जो धनी पुरुषसँग विवाह गरी आफ्नो स्तर बढाउने महिलाहरूलाई बुझाउछ । 
अमेरिकी नाटककार एभरी हपवुडले सन् १९१९ मा द गोल्ड डिगर्स नामक नाटक लेखे । त्यो नाटक पढेपछि यो शब्द महिलाका लागि बढी प्रयोग हुन थाल्यो । बिस्तारै नाटक र चलचित्रहरूमा महिला पात्रहरूको चरित्रलाई प्राय ः गोल्ड डिगर  व्यक्तिको रूपमा प्रस्तुत गर्न थालियो । १९ औं शताब्दी पुरुष प्रधान समाज भएकाले विशेषगरी महिलाहरूलाई गोल्ड डिगर भन्ने गरिन्थ्यो । 

Logo