पनीर खान कस्लाई मन पर्दैन र ?। पनीरमा जति स्वाद हुन्छ, त्यति नै फाइदाजनक पनि हुन्छ । तपाईलाई थाहा छ, संसारको सबैभन्दा महँगो पनीर कुन हो र यो कहाँबाट आउँछ ? संसारको सबैभन्दा महँगो चिज प्यूल चिज हो । यसको १ किलोको मूल्य लगभग ८०० देखि १०० यूरो अर्थात् लगभग ८०,००० रुपैयाँ छ। यो संसारको सबैभन्दा महँगो पनीरमा गनिन्छ ।
तपाईले पनि सोचिरहनुभएको होला कि यो सबैभन्दा महँगो पनीरमा त्यस्तो के छ र यसको मूल्य यति धेरै छ । यो कुनै पनि फेन्सी जनावरको दूधमा वा कुनै बोट वा प्रयोगशालामा बनाइएको हैन।
डेली मेलको रिपोर्ट अनुसार यो पनीर गधाको दुधबाट बनाइएको हो । यो सामान्य गधा नभई सर्बियामा पाइने गधाको विशेष प्रजाति ‘बाल्कन’ को दूधबाट तयार पारिएको हुन्छ । यो विशेष प्रकारको चीज सबै देशहरूमा उत्पादन हुँदैन।
सर्बियाको ‘जासाविका स्पेशल नेचर रिजर्भ’ मा ‘प्यूल चिज’ तयार हुन्छ । यसलाई बनाउन ६० प्रतिशत बाल्कन ( गधाको दूध ) ४० प्रतिशत बाख्राको दूध मिसाएर प्रशोधन गरी बनाइन्छ । १ किलो पनीर बनाउन २५ लिटर ताजा ‘बाल्कन’ चाहिन्छ।
वाग्यू बीफ र इटालियन ट्रफल्सको बराबरमा गधाको चीज संसारको सबैभन्दा महँगो खाना मध्ये एक हो । वास्तवमा गधाको दुध सजिलै निस्कदैन र यसका लागि नेचर रिजर्भमा गोप्य विधि अपनाउनु पर्दछ ।
धेरै देशहरूमा गधाको संख्या घटिरहेको छ तर यसलाई जोगाउने हो भने गधाको दुध प्रतिलिटर २५ देखि ३० हजार रुपैयाँमा बिक्री हुनसक्छ । सौन्दर्यका सामग्री बनाउन पनि गधाको दुध प्रसोधन गरि प्रयोग गरिन्छ । भनिन्छ, आफ्नो सौन्दर्यका लागि प्रसिद्ध इजिप्टकी रानी क्लियोपेट्राले दैनिक गधाको दूधले नुहाउँने गर्थिन् ।





























प्रतिक्रिया