काठमाडौँ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ ।
संक्रमणको जोखिम बढ्दै गएपछि एक हप्ताका लागि जारी भएको निषेधाज्ञाको आठौं दिन पनि सडकहरु सुनसान देखिएका छन् । अत्यावश्यक बाहेकका सवारी साधन सडकमा देखिएका छैनन् । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफूल बोकेका सवारी साधन निर्वाध रुपमा सञ्चालनमा रहेका छन् ।
प्रशासनले औषधि र पानीबाहेकका पसलहरु बिहान ९ बजेसम्मका लागि मात्रै खोल्न दिएको छ । यसले गर्दा सडक बजार आज झनै सुनसान देखिएका छन् । एक हप्ताको निषेधाज्ञा प्रभावकारी बनेको भन्दै सरकारले पुनः एक साताका लागि निषेधाज्ञा थप गरेको छ । आजबाट काठमाडौंमा थप कडाइ गरिएको छ ।
अहिलेसम्म काठमाडौं जिल्लामा मात्र २ सय ३०, ललितपुर जिल्लामा ४७ र भक्तपुर जिल्लामा २४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लागत तथ्यांक अनुसार पनि सबै भन्दा बढी संक्रमित काठमाडौँमा देखिन्छ । काठमाडौँमा मात्रै अहिलेसम्म ३ हजार १८५ जना संक्रमित भेटिएको छ । त्यस्तै ललितपुरमा ५१० जना र भक्तपुरमा ३२४ जना संक्रमित भेटिएको छ ।































प्रतिक्रिया