हिन्दु राष्ट्र पुनः स्थापनाका लागि राप्रपाद्वारा हस्ताक्षर संकलन अभियान

हिन्दु राष्ट्र पुनः स्थापनाका लागि राप्रपाद्वारा हस्ताक्षर संकलन अभियान


काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दु राष्ट्र पुनः स्थापनाका लागि सरकारलाई दवाव दिन आईतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुभारम्भ गरिएको छ ।

विश्वकै हिन्दुहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको नेता बुद्धिमान तामाङले जानकारी दिए ।

संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको योजना छ । ८१ प्रतिशत भन्दा बढि हिन्दुहरु बसोबास रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापना गर्न सरकारलाई दवाव दिन सो हस्ताक्षर संकलन अभियान सुरु गरिएको नेता तामाङको भनाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनस्थापनाका लागि दवाव दिन सरकारलाई ज्ञापन पत्र बुझाउनका लागि मेची–महाकाली अभियान पनि संचालन गरेको थियो ।

Logo