काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोलीले आइतबार रत्नपार्क क्षेत्रका अवैध संरचना हटाउन थालेको छ ।
गत सोमबार काठमाडौंको नयाँ बानेश्वरबाट सुरु गरेको सो अभियानलाई आज पनि निरन्तरता दिएको छ। भोटाहिटी र रत्नपार्क जोडिने अन्डरपास माथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।
पैदलयात्रु हिँड्ने सबवेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन लागिएको उनले बताए ।
रत्नपार्क नजिकैको सबवेमा बनाएको अनाधिकृत संरचना नगर प्रहरीको टोलीले फलामको रडले भत्काएको छ। बेलुकासम्ममा डोजर लगाएर भत्काउने महानगरपालिकाले जनाएको छ । सडकमा नक्सापास बिनाका संरचना बनाइ व्यवसाय सञ्चालन गरीएको छ । सबवेको तल रहेको सात वटा सटर बाहेकका संरचना हटाइने नगर प्रहरीले जनाएको छ । सबवेमा सटर निर्माण गरिएको थियो ।





























प्रतिक्रिया