अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु शीतलनिवासमा

अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु शीतलनिवासमा

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । बुधबार दिउँसो अध्यक्ष दाहाल शीतलनिवास पुगेका हुन् । हाल छलफल चलिरहेको शितलनिवास स्रोतले जनाएको छ। 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्मा पनि राष्ट्रपतिसँगको परामर्शमा सहभागी छन् । 
 
नागरिकता विधेयकसहित समसामयिक विषयमा राष्ट्रपतिले छलफल गर्न खोजेको बताइएकाे छ । केही दिनयता राजनीतिक दलका नेताहरुसँग निरन्तर संवादमा रहेकी राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग छलफल गरेकी थिइन्। 

Skip This
Skip This
Logo