जबराको बयानको लागि बनाइएको विधि परिमार्जन

जबराको बयानको लागि बनाइएको विधि परिमार्जन

केन्द्रबिन्दु
0
Shares

निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको महाअभियोग सिफारिस समितिले बयानको लागि बनाइएको विधि परिमार्जन गरेको छ । 

आईतवार समितिले बयान लिने क्रममा नै प्रतिप्रश्न गर्दा समय लामो हुने भएकोले शुरुमा बयान लिने र अन्तिममा एकैपटक आधिकारिकतामा आधारित प्रतिप्रश्न गर्ने विधि बनाएको हो । समितिले आज प्रधानन्यायाधीश जबरासँग तेस्रो दनको बयान लिएको छ । आजको बैठकमा एक घण्टामा ५ वटा प्रश्नको बयान लिएर बैठक भदौ २५ गतेलाई बोलाइएको नेपाली काँग्रेसका सांसद एवं महाअभियोग सिफारिस समितिका सदस्य मिन विश्वकर्माले बताए । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आजको बैठकमा न्याय सम्पादनमा प्रधानन्यायाधीशको भुमिका ढिलासुस्ती र न्यायमा विचलन ल्याएको बारे बयान लिएको बताए । उनले मुद्दा खेपीराखेका रञ्जन कोईरालाको सजाय घटाउने फैसलाका बारेमा पनि समितिले आज बयान लिएको बताए । बयानमा प्रधानन्यायाधीश जबराले सकेसम्म चाँडै फैसला सकेको कुरा राखेकाे सांसद विश्वकर्माले बताए । 

‘हामीले बैठकको कार्यविधि थोरै संशोधन ग-यौं । २ दिनसम्ममा ६ वटा मात्रै प्रश्नको उत्तर लिँदा यो बयान लिने कुरा धेरै लामो हुने भएको हुनाले यसलाई विधि परिमार्जन ग¥यौं र पहिला सरासर प्रश्न सोध्ने, अन्तिममा उहाँको रेकर्डमा उहाँले हस्ताक्षर गरेको कपी पछि मात्रै आधिकाकरिकतामा आधारित प्रतिप्रश्न गर्ने, भनेर विधि परिवर्तन ग-यौं । जसका कारण आज एक घण्टामा नै ५ वटा प्रश्न सक्यौँ । ११ वटा प्रश्न सकेका छौँ । आज छोटो बैठक बस्नुपर्ने भएको कारणले संसद र कार्यव्यवस्थाको बैठकका कारण १ बजे नै अर्को बैठक शुरु हुने भएपछि हामीले बैठक एक घण्टा बसेर सक्यौँ ।’ उनले भने, ‘अर्को बैठक हामी २५ गते १२ः३० बजे बस्दैछौँ । आजको विषय उहाँलाई लागेको आरोप न्याय सम्पादनमा प्रधानन्यायाधीशको भुमिका जसले न्यायमा विचलन ल्यायो, यसले न्याय सम्पादन प्रणालीमा विचलन ल्याएको हो कि होइन भनेर प्रधानन्यायाधीशको धारणा लियौँ । आजको प्रश्नमा न्यायको विचलन, न्याय सम्पादनमा देखिएको विचलन, ढिलासुस्तीका कुरा, मुद्दा खेपीराखेका रञ्जन कोईरालाको सजाय घटाउने फैसलाका बारेमा कुराकानी भयो । ढिलो मुद्दाका विषयमा उहाँले सकेसम्म मैले चाँडै गरेको छु, मैले मात्रै गर्ने कुरा होइन भन्नुभयो ।’

सांसद विश्वकर्माले बयानमा प्रधानन्यायाधीश जबराले न्यायका लागि विवेकको ठाउँ दिएको उल्लेख गर्दै पारिवारिक अवस्थालाई हेरेर रञ्जन कोईरालाको सजाय कटौती गरेको बताउनुभएको जानकारी दिए । बयानमा प्रधानन्यायाधीश जबराले यदी रञ्जन कोईरालाको सजाय कटौती गरेको कुरामा नै महाअभियोग लगाइएको भए आफू महाअभियोग स्वीकार गर्न तयार रहेको बताएको पनि सांसद विश्वकर्माले स्पष्ट पारे । उनले समितिको अर्को बैठकमा प्रधानन्यायाधीशको बयान सकिने पनि स्पष्ट पारे । 

‘रञ्जन कोईरालाको विषयमा उहाँले न्यायका लागि विवेकको ठाउँ दिएको हुन्छ,मैले त्यो पारिवारिक अवस्था सुनेर र मलाई नै मनमा लागेर मैले विवेक प्रयोग गरेको हो, यसलाई नै आधार मान्ने हो भने म अभियोग स्वीकार्छु भन्नुभयो ।’ उनले भने, ‘२० वर्षबाट ८ मा झारेँ त्यो झार्दा म पारिवारिक प्रभावमा परेँ भन्नुभएको छ, राजनीतिक दलहरुलाई अब चुनाव लागेको छ पहिलो कुरा र दोस्रो सचिवालयले यी बयानको व्यवस्थापनका लागि समय लाग्ने भएकोले हो । अर्को बैठकमा सबै प्रश्नको हल गर्छौं भन्ने लागेको छ ।’

सांसद विश्वकर्माले समितिको बैठक भदौ २५ गते ढिलो गरेर बोलाउनुको रहस्य निर्वाचनको तयारी र सचिवालयलाई बयानको व्यवस्थापन गर्न लाग्ने समय भएको पनि स्पष्ट पारे । 
 

Logo