एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद नरहेको उपाध्यक्ष पाण्डेको दाबी

एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद नरहेको उपाध्यक्ष पाण्डेको दाबी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद नरहेको दाबी गरेका छन् । 

मंगलवार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले कुनैपनि स्थानमा विवाद भएको सूचना नपाएको बताएका हुन् । उनले एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस हुने भएतापनि यो पटक तीन जना भन्दा बढीले इच्छा व्यक्त गरेपनि सिफारिस भइरहेको बताए । 

पाण्डेले यसरी तीन जना भन्दा बढी नाम सिफारिस भएर आएपनि सबैभन्दा बढी सम्भावित उम्मेद्वार भनेर प्रदेश कमिटिको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने बतााए । राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै निर्णय हुनसक्ने उनको भनाई छ ।  

उनले देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे । उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफासिर भएका उमेद्वारहरुले सोच्न नहुने बताए । पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेद्वार टुङ्गो लाग्ने बताए । 

Logo