गठबन्धनलाई गोकुल बास्कोटाको पश्न- प्रधानमन्त्रीको उम्मेदवार को रहेछ ?

गठबन्धनलाई गोकुल बास्कोटाको पश्न- प्रधानमन्त्रीको उम्मेदवार को रहेछ ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् ।

गठबन्धनका दलहरुलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको  सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् । ‘गठबन्धनको प्रमको उम्मेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरु जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

गठबन्धनका दलहरु जनतालाई झुक्याउन लागिपरेको उनले बताएका छन् । ‘घ्यु बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो,’ उनले भनेका छन् । 

Skip This
Skip This
Logo