ओलीको दाबी : एमाले सरकारमा जान मात्र नभई देश बचाउन चाहन्छ

ओलीको दाबी : एमाले सरकारमा जान मात्र नभई देश बचाउन चाहन्छ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जानका लागि मात्रै नभएर देश बचाउन, विकास गर्न खोजिरहेको दाबी गरेका छन् ।

सोमबारबाट  जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा बोल्दै  पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने मंसिर ४ गते देश कता जान्छ त्यस सम्बन्धमा जनताले महत्त्वपूर्ण निर्णय लिने बताए । उनले पाँच दलीय गठबन्धनको सरकार राष्ट्रियताको हिसाबले  गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप लगाए ।

अध्यक्ष ओलीले सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनमा एमालेको नेतृत्वमा सरकार बनाउनुपर्ने उनले बताए । ओलीले आगामी निर्वाचनले एमालेको नेतृत्वमा सरकार बन्ने र सोही सरकारले देशलाई विकास र गतिको दिशामा अगाडि बढाउने बताए ।

साथै ओलीले मधेसको दलित बस्तीमा आधारभूत विद्यालय बनाइदिने घोषणा पनि गरेका छन् । मधेस क्षेत्र आफैँमा ज्ञानको गहिरो ज्योति भएको ठाउँ रहेको बताउँदै ओलीले त्यस क्षेत्रका जनताहरू अझै अशिक्षित हुनु बिलकुलै नसुहाउने बताए ।

Logo