भागवण्डा खोजेको पुष्टि गर्न जबरालाई पूर्वन्यायाधीश फोरमको चुनौती

भागवण्डा खोजेको पुष्टि गर्न जबरालाई पूर्वन्यायाधीश फोरमको चुनौती

केन्द्रबिन्दु
0
Shares

पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कुनै पनि कुराको भागवण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न चुनौती दिएको छ । जबराले महाभियोग सिफारिस समितिसँगको बयानमा अमर्यादित शब्द प्रयोग गर्दै विभिन्न आरोप लगाएपछि बुधबार पत्रकार सम्मेलन गर्दै फोरमले पुष्टी गर्न चुनौती दिएको हो । 

‘न्यायालयको शुद्धि र सुदृढीकरणका लागि आफ्नो अनुभव ज्ञान र दक्षताको योगदान पुर्याउने कानुन बमोजिम दर्ता भई कार्यरत रहेको पूर्व न्यायाधीश फोरम एवम्‌ सो संस्थामा आवद्ध रहेका समस्त पूर्व न्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको निलम्वित प्रधान न्यायाधीशको वयानप्रति यस पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ।’ जारी विज्ञप्तिमा भनेका छन्, साथै, पूर्व न्यायाधीश फोरमसँग आवद्ध पूर्व न्यायाधीशले निलम्वित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागवण्डा, माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौति छ।’

त्यस्तै, पूर्व न्यायाधीश फोरमले जबराबिरुद्धको महाअभियोग हतारमा किनारा लगाउनु नहुने भन्दै आगामी संसदले स्वामित्व लिने व्यवस्था गर्न माग 
गरेको छ । ‘सो को छानबिन न्यायिक प्रक्रिया बमोजिम गर्नुपर्ने हुँदा निष्पक्ष छानबिनको आधारमा संसदमा प्रतिवेदन प्रस्तुत गर्नको लागि समय नपुग भएमा हतारमा प्रतिवेदन पेस गर्नु उचित नभएकाले संवैधानिक पद्धति र परम्पराअनुसार आगामी संसदले सो को स्वामित्व ग्रहण गरी आफ्नो छानबिन अन्तिम निष्कर्षमा पुर्‍याउनु पर्ने यस फोरमको धारणा रहेको छ ।’ विज्ञप्तिमा उल्लेख छ । 

 

Logo