आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सांसद् पन्तको आग्रह

आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सांसद् पन्तको आग्रह

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद कमला पन्तले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेकी छन् । 

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले जनतामा सुशासनको प्रत्याभूति दिलाउन पनि महिलाहरुको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागिता बढाउन आवश्यक रहेको जिकीर समेत गरिन्  । उनले संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् । 

सांसद पन्तले महिलाहरु भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वाचनका लागि उम्मेदवार छनौट गर्न पनि सबै राजनीतिक पार्टीका नेतृत्वको ध्यानाकर्षण गराइन् । 

‘अव अघिल्लो पटक २०७४ को निर्वाचनमा हामीले देख्यौं अध्यक्ष महोदय, हरेक राजनीतिक पार्टीले पुगी/नपुगी १० प्रतिशत महिला पु-याउनका लागि असाध्यै गाह्रो भयो । बल्लबल्ल खोजेर पु¥याउनु भयो ।’ उनले भनिन्, ‘किनभने उहाँहरुको नजरमा महिलाहरु देखिएनन् । अहिले हरेक राजनीतिक पार्टीमा धेरै महिला साथीहरु देखेको छु, चिन्छु । हरेक राजनीतिक पार्टीमा म सक्षम छु । म भूगोलमा जान चाहन्छु भनेर आग्रह गरिराख्नु भएको छ । अध्यक्ष महोदय, उहाँहरुले कति पाउनु हुन्छ ? निधो भएको छैन । मलाई संख्याको बारेमा ज्ञान छैन । कति दिनुहुन्छ राजनीतिक पार्टीहरुले ? मेरो आग्रह राजनीतिक पार्टीहरुलाई र हाउसको नेता भएकाले सम्माननीय अध्यक्षज्यूलाई पनि आग्रह गर्छु–महिलाहरु सुशासनको निम्ति पनि राज्य संयन्त्रको मूलधारमा पुग्नु पर्छ भन्ने कुराको सोच रहनेछ भन्ने कुरा म आग्रह गर्न चाहन्छु । अर्को २०४७ सालको संविधानमा निर्वाचनमा महिलाहरुले जित्न सक्छन भन्ने मान्यता राजनीतिक नेतृत्वले पु-याउनु प-यो । संविधानले परिकल्पना गरेको महिलाहरुलाई प्रतिनिधित्व गराउने विषयमा पनि हाम्रो राजनीतिक नेतृत्वले स्विकार गर्दैन ।’   

सांसद पन्तले दशैं–तिहारजस्ता चाडबार्ड आएको उल्लेख गर्दै सर्वसाधारणका लागि सुलभ र सस्तो बजारको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् । 

Logo