सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत विधेयक, २०७७ फिर्ता लिएको छ।
राष्ट्रियसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत गरेको उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो।
सरकारले संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक फिर्ता लिएको हो।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको घोषणा गर्नु भएको हो । राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान १०:५९ बजे बस्नेछ।































प्रतिक्रिया