नागरिकता विधेयक प्रमाणीकरण नभएसम्म आन्दोलन गर्ने लोसपाको चेतावनी

नागरिकता विधेयक प्रमाणीकरण नभएसम्म आन्दोलन गर्ने लोसपाको चेतावनी

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले संघीय संसदको दुबै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

लोसपाले आज एक विज्ञप्ति जारी गर्दै संसदको दुबै संसदमा पारित भई राष्ट्रपति समक्ष पेश भई सकेको विधेयक असोज ४ गतेसम्म प्रमाणीकरण नभएमा संघर्षमा जाने बताएको हो । नागरिकता विधेयक पारित नभएमा राष्ट्रियता, लोकतन्त्र, मानव अधिकार, नागरिक रक्षार्थ संघर्षमा जाने लोसपाले बताएको छ । 

असोज ३ गते संविधान जारी भएको दिनलाई विरोध दिवसको रुपमा मनाउने लोसपाले विज्ञप्तीमा उल्लेख गरेको छ ।  

यस्तै लोसपाले संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने बताएको छ। लोसपाले संविधानमा पूर्ण सहमति नभएकाले विरोध जारी राख्ने बताएको हो ।  

'संविधानमा पूर्णरुपमा हाम्रो सहमति नरहेको सर्वविदितै छ। नेपालको संविधान २०७२ को पूर्णताको निम्ति हामीले उठाएका मागहरू समेटी संविधान संशोधन नहुञ्जेलसम्म हाम्रो विरोध रहिरहनेछ,' विज्ञप्तिमा भनिएको छ। 

 

 

Logo