नेकपा एमालेले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिकतर्फका उम्मेदवारबारे आइतबार टुङ्गो लगाउने भएको छ । त्यसका लागि आइतबार विहान ११ बजे सचिवालय बैठक बस्नेछ ।
आज साँझ अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिक सूचीमा राख्ने नामहरूबारे सामान्य जनाकारी गराएका थिए । एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले समानुपातिक सूचीबारे कानुनी प्रक्रिया र सङ्ख्याबारे सामान्य जानकारी गराएको र आइतबार बस्ने बैठकमार्फत टुङ्गोमा पुग्ने जानकारी दिए । निर्वाचन आयोगले दलहरुले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची बुझाउन २ र ३ असोजको समय तोकेको छ ।
आजको बैठकले अछाम, दार्चुला लगायतका जिल्लामा वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख प्रकट गर्दै पीडामा परेकाहरूलाई उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको बताइएको छ ।





























प्रतिक्रिया