नेकपा माओवादी केन्द्रले आइतबारको लागि पदाधिकारी बैठक आह्वान गरेको छ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।
माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको सूची तयार गर्न आइतबार बिहान पदाधिकारी बैठक आह्वान गरेको हो ।
यसअघि सबै प्रदेशले प्रदेश र प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची सिफारिस गरेर पठाइसकेको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको समय दिएको छ ।































प्रतिक्रिया