समानुपातिक उमेदवार टुंग्याउन कांग्रेस संसदीय समितिको बैठक बस्दै

समानुपातिक उमेदवार टुंग्याउन कांग्रेस संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । 

समानुपातिक उमेदवार टुंग्याउनका लागि बैठक बस्न लागेको हो । बैठक विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए । 

आजको बैठकले सहमहामन्त्रीहरूले क्लस्टरिङ गरेका नामबाट अन्तिम सूची बनाउने बताइएको छ । कांग्रेसले आठजना सहमहामन्त्रीहरूलाई कस्टरिङ अनुसार समानुपातिक उमेदवारको सूची बनाउने जिम्मा दिएको थियो ।

कांग्रेस संसदीय समितिमा पदाधिकारीहरूसँगै नेता रामचन्द्र पौडेल पनि रहेका छन् । निर्वाचन आयोगले आज र भोलि समानुपातिक बन्दसूची बुझाउनका लागि समय तोकेको छ। आज सबै दल समानुपातिक उम्मेदवार टुङ्ग्याउन लागि परेका छन् । 

Logo