नेकपा माओवादी केन्द्रले भोली मात्र समानुपातिक उम्मेदवारको सूची टुंगो लगाउने भएको छ ।
माओवादी केन्द्रले भोली सोमबार बिहान पदाधिकारी बैठक बसेर आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार सूचीलाई अन्तिम रुप दिने तयारी गरेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान ९ बजे बैठक बसेर समानुपातिक लिष्ट फाइनल गरेर निर्वाचन आयोग बुझाउने भएको हो ।
आज बिहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको बताइएको छ । प्रदेशबाट तेब्बरको संख्यामा समानुपातिक नाम सिफारिस भएर आएपछि पदाधिकारी बैठकलाई नाम छनौट गर्न सकस भएको हो ।
सोमबार अन्तिम रुप दिएर निर्वाचन आयोगलाई समानुपातिक लिष्ट माओवादीले बुझाउने भएको हो ।





























प्रतिक्रिया