मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जनाको नाम सिफारिस

मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जनाको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

न्याय परिषदले आगामी निर्वाचनका लागि ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको छ । 

परिषदले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतमा खटाउने गरी ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको हो । साथै १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाउने गरी नाम सिफारिस गरिएको छ ।

न्यायसेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतमा खटाउने गरी नाम सिफारिस गरिएको छ । निर्वाचनका लागि खटाउने कर्मचारीको नाम सम्बन्धित कार्यालयले सिफारिस गरेपछि निर्वाचन आयोगले उनीलाई नियुक्त गरी काममा लगाउने संवैधानिक व्यवस्था छ । 
 

Skip This
Skip This
Logo